पुष्पले एलिजालाई भने, ‘म सास बन्न पाए’

अभिनेता पुष्प खड्का र अभिनेत्री एलिजा गौतमको अभिनयमा ‘म सास बन्न पाए’ बोलको गीत सार्वजनिक भएको छ । उनीहरुको यस गीतको भिडियोमा एलिजा र पुष्प खड्का प्रेम जोडीको रुपमा प्रस्तुत भएका छन् ।

फिल्ममा असफल भएकी एलिजा म्युजिक भिडियोमा भने धमाधम अभिनय गरिरहेकी छन् । तीजको गीतमा मोडल दुर्गेशसँग अभिनय गरेकी एलिजा पुष्प खड्कासँग रोमान्स गर्न आइपुगकै छन् । एलिजाको म्युजिक भिडियोमा ‘आधी कपाल’ टर्निङ पोइन्ट भएको छ । त्यसपछि एलिजाको अर्को म्युजिक भिडियो सार्वजनिक भइरहेका छन् ।

संगीतकार बसन्त सापकोटाको शब्द तथा संगीत रहेको ‘सास बन्न पाए ’ बोलको गीतलाई नरेश रेग्मीले गाएका छन् । अर्जुन तिवारी र उनको समुहले खिचेको भिडियोलाई पदम सुवेदीको सम्पादन छ । भिडियोालाई निर्देशन शिव बिकले गरेका छन् ।