आज नेपाल आइडल सिजन ३ को फाइनल : को बन्ला नेपाल आइडलको विजेता ?

आज नेपाल नेपाल आइडल सिजन ३ को फाइनल रहेको छ । शुक्रबार स्टुडियोमा आयोजना हुने गायन रियालिलिटी सो ‘नेपाल आइडल–३’ को ग्रान्ड फिनालेमा यसको विजेता घोषणा गरिने छ । सयौँलाई प्रतिष्पर्धामा पराजित गर्दै इलिमिनेसन राउन्ड पार गर्दै उत्कृष्ट ३ मा पुगेका छन् । प्रतिस्पर्धाको उत्कृष्ट ३ मा सज्जा चौलागाईं, प्रवीण बेडुवाल र किरणकुमार भुजेल पुगेका छन् ।

एपी वान टेलिभिजनबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुँदै आएको नेपाल आइडल ३ रियालिटी सो दर्शकमाझ राम्रै छाप छोड्न सफल कार्यक्रम हो ।नेपाल आइडलका विजेताले उपाधिसहित ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । त्यस्तै फस्ट रनरअपले १५ लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गर्नेछन् ।

कोरोनाका कारण रोकिएको कार्यक्रम करिब तीन साताअघि पुनः सुरु भएको थियो । कार्यक्रमको निर्णायक मण्डलमा इन्दिरा जोशी, न्ह्युु वज्राचार्य र कालीप्रसाद बाँस्कोटा रहेका छन् । पोहोरको भन्दा यसपटक थोरै जनसहभागीतामा नै नेपाल आइडल सिजन ३ का विजेताका घोषणा गरिने आयोजकले जनाएको छ । लकडाउन भएको थिएन भने गत चैतमै कार्यक्रम सम्पन्न भइसक्थ्यो । नेपाल आइडलमा यस अगाडीको सिजनमा बुद्ध लामा र रवि ओडले यो उपाधि चुमिसकेका छन् ।