एलिजाको मौकामा चौका


एलिजा गौतम भन्दा अघी आउँछ नाम ऋषि धमलाको । ऋषि धमला पत्नी नभनी उनको परिचय बनेन । उनलाई माया गर्ने दर्शक, युटुबर पनि ऋषि धमला पत्नी भन्न छाड्दैनन् ।

एलिजा गौतम अनुराग फिल्मकी हिरोइन हुन्, थाहा छ कि छैन होला दर्शकलाई । फिल्म असफल भएको हो, थाहा नहुन पनि सक्ला नी ।

एलिजा गौतम अभिनेत्री बनेर कसैले फिल्म बनाए पल शाह, पुष्प खड्का जस्ता हिरोहरुले खेल्छन् कि खेल्दैनन् होला । खै खै । पलले त अनुराग नै नखेलेका हुन् क्यारे ।

तर, म्यूजिक भिडियोमा पल शाह, पुष्प खड्का, दुर्गेस थापा सबै उनका जोडी भैसके । भिडियो खेल्ने फिल्मका हिरो सबै भन्दा पनि भयो ।

एलिजालाई पनि फिल्ममा भन्दा त म्यूजिक भिडियोमा हिट छु भन्ने लाग्न थालेको पनि छ । नलागोस् पनि किन हो र ? पल, पुष्पले त उनीसँग काम गरिरहेका छन् । एलिजाले मौकामा चौका हानेकी त हुन् नी यो बेला । फिल्ममा त खै खै ।