पुष्पसँग गरिमाको भुर भुर पुतली


म्यूजिक भिडियो बजार अहिले तातेको छ । दैनिक म्यूजिक भिडियो सार्वजनिक भएका छन् । अभिनेता पुष्प खड्का अभिनित २ वटा म्यूजिक भिडियो २ दिनमा रिलिज भए । उनी अभिनित भुर भुर पुतली बोलको म्यूजिक भिडियो रिलिज भएको छ ।

गायक समिर आचार्य र गायिका सुरेखा क्षेत्रीको यो गीतमा स्वर छ । नवराज कलौनी र राजेन्द्र भट्टको शब्द रहेको गीतमा राजेन्द्र भट्ट र मीस्टर आरजेको संगीत छ ।

यो गीतको म्यूजिक भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् ।

भिडियोमा किसन रेग्मीको लगानी छ । उत्सव दाहालको छायांकन रहेको भिडियोमा विकास दाहालको सम्पादन छ । निर्देशक विधान कार्कीले यो भिडियोलाई रोमान्टिक र कलरफूल बनाएका छन् । उनी, पछिल्लो समयमा म्यूजिक भिडियो निर्देशनमा व्यस्त छन् ।