‘रात अकेली है’का निर्देशक हनी त्रेहनामा पनि कोरोना संक्रमण

बलिउडका कलाकारमा पनि तिव्ररुपमा कोरोना भाइरस देखिन थालेको छ । केहि हप्ता अगाडी अभिनेता अमिताभ बच्चन देखि अभिषेश बच्चन लगायत दर्जनौ कलाकार कोभिन १९ को संक्रमणमा परेका थिए ।

हालै फिल्म ‘रात अकेली है’का निर्देशक हनी त्रेहन पनि कोरोना संक्रमित भएका छन् । निर्देशक हनी आफैले सामाजिक सञ्जालमा मार्फत यो कुरा जानकारी दिएका छन् ।  उनले ट्वीटरमार्फत लेखेका छन् –‘मेरो कोरोना भाइरस टेष्ट पोजेटिभ आएको छ’ उनले ट्वीट गरेका छन् ‘छिट्टै मेरो पुरै परिवार र स्टाफको पनि परीक्षण गरिनेछ ।’

हनी त्रेहनका निर्देशनमा ‘रात अकेली है’ देखि ‘कमान्डो ३’, ‘मणिकर्णिका – द क्वीन अफ झाँसी’, ‘फुकरे रिटन्र्स’, ‘हिन्दी मिडियम’, ‘फोर्स २’, ‘उड्ता पञ्जाव’, ‘तलवार’ जस्ता फिल्ममा निर्देशन गरेका छन् । बलिउडमा राम्रा निर्देशकका रुपमा पहिचान बनाएका हनीले केहि फिल्मका लागि काम अगाडी बढाइरहेका समेत थिए ।