नेता वामदेव गौतमको अभिनय तथा लेखनमा आयो ‘यो मुक्त भूमि, यो बुद्ध भूमि’

नेकपाका उपाध्यक्ष वामदेव गौतम गीत संगीतमा पनि सक्रिय रहेका छन् । नेकपामा जस्तै उनी नेपाली गीत संगीतमा कलम चलाउँदै आएका छन् । हालसम्म बामदेवका गीतहरु दर्जनौ गीतहरु दर्शक तथा स्रोतामाझ आएका छन् । हालै उनले आफ्नै शब्द रचनामा देशभत्ती गीत ‘यो मुक्त भूमि, यो बुद्ध भूमि’ को भिडियो सहित सार्वजनिक गरेका छन् ।

उनले देशभावमा लेखिएको गीतमा नेपालको प्राकृतिक सुन्दरता, शान्तिका दूत गौतम बुद्ध र नेपाली कला संस्कृतिको वर्णन गरिएको छ । उनका गीतका भावहरुले सबै नेपालीलाई एक हुन एकतामा रहका साथै देशप्रति प्रेरित हुन अनुरोध  गरेका छन् । गीतलाई लोकप्रिय संगीतकार शम्भुजित बाँस्कोटाको संगीत भरेका छन् भने रोशनराज गुरुङ, माण्डवी त्रिपाठी र अञ्जना गुरुङलगायतले गाएका छन् ।

गीतको म्युजिक भिडियोमा गीतकार गौतम आफै देखिएका छन् भने जीवन थापाले निर्देशन गरेका छन् । सम्पादन पनि जीवनकै रहेको छ । त्यस्तै भिडियोलाई दिर्घ गुरुङले खिचेका छन् ।