एसिड आक्रमणका घटनामा आधारित फिल्म‘एसिड नट द सोलुशन’ सार्वजनिक

एसिड आक्रमणका घटनामा आधारित हरु निकै हुन थालेका छन् । यहि विषयमा सर्ट फिल्म निर्माण गरिएको छ । यस फिल्मलाई निर्देशक उत्सव केसीले निर्माण गरेका हुन् ।

छोटो फिल्मले महिला हिंसामा निकै मार्मिक र मन छुने कथालाई उठाएको छ । समसामायिक विषय फिल्मले उठाएकोले दर्शकको मन जित्ने निर्देशक केसीको विश्वास छ ।

फिल्ममा अस्मिता बस्नेत, काव्या कार्की, इसान राउत, रमा श्रेष्ठ, विजष तिमिल्सिेना, प्रविन कार्कीसहित निर्देशक केसीको पनि अभिनय रहेको छ । ज्ञानकुमार कटेलको छायाँकन रहेको फिल्म किरणराज थापाले सम्पादन गरेका हुन् ।