पुर्णकला विसी र सुरज थापाको आवाजमा ‘पैसाको अभाव’

नेपाली मौलिक गीत संगीतको क्षेत्रमा स्थापित गायिका पुर्णकला विसी र गायक सुरज थापाको आवाजमा ‘पैसाको अभाव’ गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

पैसाको अभावमा धन कमाउने सपना बोकेर विदेश गएका हजारौ नेपाली युवाको जिवन भोगाईलाई गीतमा समेटिएको छ । साहु सगँ ऋण लिएर परदेशी भुमीमा परदेशी भुमीमा श्रम गर्न विवश हजारौ युवाको बास्तविक कथालाई गीतमा समेटिएको छ । रोशन पोखरेल र इन्द्र दाहाल शिशिरको शब्द सिर्जना तथा सन्तोष पौडेलको लय सिर्जना गीतमा रहेको छ ।

गीतको शब्द तथा भाव अनुसारको एरेन्ज कृृष्ण केसीले गरेका छन । सुशिल डाँगी र राहुल राईको छायाँकन , अविनास डिसीको सम्पादन तथा रविन शाहको निर्देशन भिडियोमा रहेको छ । ”पैसाको अभाव ” गीतको भिडियोमा सारिका केसी , जय देवकोटा ,शेखर दाहाल र बाल कलाकारको भुमीकामा प्रिन्सा खड्का र चन्दन शाहीको अभिनय रहेको छ ।