स्वास्थ्यकर्मी तथा कोरोना संक्रमितलाई माया गर्न अभिनेत्री रेखाको आग्रह

नेपालमा कोरोना भाइरसको संक्रमणले दिनहुँ जसो मान्छेको मृत्यु हुन थालेको छ । हालसम्म २ सय भन्दा बढि मानिसको मृत्यु भइसकेको छ । यस्तो अवस्थामा खटिने सुरक्षाकर्मी तथा स्वास्थ्य सेवकहरुलाई स्थानियले घरमा आउन जान रोक लगाउनुको साथै दुव्र्यवहार गर्न थालेको घटना बाहिरिन थालेका छन् ।

कोरोना संक्रमितलाई त समाजले हेर्ने दृष्टिकोण नै फरक भइसकेको अवस्थामा अभिनेत्री रेखा थापाले कसैलाई पनि दुव्र्यवहार नगर्न आग्रह गरेकी छन् । उनले सबै संक्रमितलाई माया गर्न अनुरोध गरेकी छन् । उनले इन्स्टाग्राममा लेख्दै भनेकी छन् – ‘कोरोना संक्रमितलाई बहिष्कार गर्ने होइन, संक्रमक भाइरसबाट सचेत रहौं । संक्रमित व्यक्तिलाई हामी सबैले झन धेरै माया गरौं (सावधानी साथ) । भाइरस नसर्ने तरिकाले सम्मान र सद्भाव देखाऔं ।’

केहि दिन अगाडी नयाँ बानेश्वरमा बस्दै आएका स्वास्थ्यकर्मी तथा नर्सहरुलाई निकाल्न आग्रह गर्दै त्यहाँका बासिन्दा जाइलागेका थिए । स्वास्थ्यकर्मीले कोरोना बोकेर ल्याउने भन्दै अस्वभनिय व्यवहार त्यहाँका बासिन्दाले गरेका थिए । सो घटनाको सबैतिरबाट त्यसको विरोध भएको थियो । त्यो घटना सार्वजनिक हुने वितिक्कै अभिनेत्री बर्षा शिवकोटीले स्वास्थ्यकर्मीलाई दुव्र्यवहार नगर्न र माया सत्भाव देखाउन आग्रह गरेकी थिइन।

View this post on Instagram

कोरोना सन्क्रमितलाई बहिष्कार गर्ने होइन सन्क्रामक भाईरसबाट सचेत रहौ । सन्क्रमित ब्यक्तिलाई हामी सबैले झन धेरै माया गरौ (साबधानी साथ) । भाईरस नसर्ने तरिकाले सम्मान र सदभाव देखाऔ । खास गरी स्वास्थ्य क्षेत्रमा काम गर्ने बहादुर र प्रतिभवान आफन्तलाई उच्च सम्मान गरौ । Photo #Maalika

A post shared by Rekha Thapa, Actor/Director (@rekha.thapa) on