राजबल्लभलाई पर्खेर बसेका छन् दर्शक


लामो कपाल पालेको, चकलेटी अनुहार भएको हिरोको पर्दामा आगमन भयो, पर्खी बसे फिल्मबाट । पोखराको चकलेटी हिरो अभिनयको भूत सवार भएर फिल्ममा आएका थिए । उनी थिए राजवल्लभ कोइराला ।

पर्खी बसे फिल्ममा आएका राजवल्लभ कोइराला हिट भएका थिए । पहिलो फिल्म चलेपछि राजवल्लभ बलेका थिए । राजवल्लभलाई फिल्ममा लिएर लगानी गर्छु भनेर निर्माताहरु कस्सिएका थिए ।

राजवल्लभ फिल्म खेल्नमा मात्र होइन, बोल्नमा पनि सिपालु । कविता कोर्नमा पनि सिपालु । साहित्यीक बोली बोल्थे राजवल्लभ । तर, राजवल्लभलाई फिल्म पर्खी बसेपछि करिअरले साथ पनि कम दिएको थियो । उनले खेलेका फिल्महरु पर्खी बसेपछि त्यती साह्रो चलेका पनि थिएनन् ।

फिल्म खेल्दै गए, सपना बुन्दै गए राजवल्लभले । सपना कति पुरा भएका थिए, कती अधुरा ।

करिअरमा टर्निङ पोइन्ट आएको थियो । नेपालका हिरोहरुमा उनी हाइवे टू धम्पुस नामक अंग्रेजी फिल्मका लागि छानिएका थिए । सोही फिल्ममा छानिएपछि राजवल्लभलाई अमेरिका जाने अवसर पनि मिलेको हो । राजवल्लभ अमेरिकातिर लागे । अमेरिका पुगेपछि उनले नेपाली फिल्ममा फर्किने सोच बनाएनन् वा भविष्य हेरे, उनको कुरा ।

अमेरिमा उनी रहे । उतै, घरजम गरे र उतै बसेका छन् । नेपाली फिल्ममा राजवल्लभको समयमा केही अभिनेताहरु विदेश लागेका छन् । तर, नेपाली फिल्मप्रति राजवल्लभको प्रेम त अहिले पनि उस्तै नै छ । पर्खी बसे हिरोलाई संझिने अहिले पनि दर्शकसँग आधार पर्खी बसे नै । पर्खी बसेमै राजसँग डेब्यू गरेकी हिरोइन यूना उप्रेती पनि अमेरिकामा नै छिन् ।

राजवल्लभ अमेरिका रहेपनि उनका दर्शकले उनको पहिलो फिल्मले भने जस्तै पर्खी नै बसेका छन् । आज चकलेटी हिरो राजवल्लभको जन्मदिन हो । जन्मदिनको अवसरमा राजवल्लभले भनिदिए हुन्थ्यो, आखिर उनलाई दर्शकले कहिलेसम्म पर्खिने ?