को होलान् वर्षाको मनपर्ने मानिस ?


निषेधाज्ञा चलिरहेको छ । काम गर्न सुरु गरेका कलाकार फेरि घरमै छन् । क्यामेराको अघि काम गर्न नपाएका कलाकार दिकदार भएका छन् । समय यस्तै छ । अहिले सोच नै सकारात्मक चाहिएको छ ।

अभिनेत्री वर्षा सिवाकोटीको लकडाउन कसरी वितिरहेको होला भनेर उनका फ्यानले जिज्ञासा राखे ।

वर्षाले यो समयमा आफ्नो मनपर्ने मानिससँग कुरा गरिरहेको जवाफ दिइन् । वर्षाको मनपर्ने मानिस को होला त ? या, उनले कुरा गर्ने सबै मानिस उनका मनपर्ने हुन् कि ?

वर्षाले यो समयमा व्यायम गर्ने, किताब पढ्ने, नकारात्मक नसोच्ने, म्यूजिक सुन्ने गरेर बिताएको पनि बताइन् ।

वर्षाले म्यूजिक भिडियोमा पनि काम गरेकी छिन् यो समयमा । वर्षाले काम गर्न भनेर तयार भएका फिल्म पनि थिए केही । तर, लकडाउनले काम नहुँदा उनी निराश छिन् । वर्षाले यसलाई हटाउन माथि उल्लेख गरिएका टिप्सहरु प्रयोग गरिरहेकी छिन् ।