सुशान्तकी पुर्वप्रेमिका रियाको लागूऔषध व्यापारीसँग साँठगाँठ, तीनजना प्रहरी नियन्त्रणमा

बलिउड सुशान्त राजपुतले आत्महत्या गरेपछि सबै भन्दा धेरै विवादमा परेकी अभिनेत्री हुन्, रिया चक्रवती । उनी सुशान्तको पुर्व प्रेमिका भएको कारणले मात्र चर्चा भएको होइन । उनी सुशान्तको पैसाको लेनदेनमा उनी विवादमा तानिएकी छन् त कहिले उनैको दवावमा सुशान्तले आत्महत्या गरेकी हुन् भन्ने आरोपमा । खास कुरा के हो, अहिलेसम्म ठोस कुरा बाहिर आएको छैन ।

हालै एक गंभिर आरोपमा रिया फसेकी छन् । उनी अनुसन्धानको क्रममा ड्रग डिलरसंग संलग्न रहेको हल्ला बाहिरिए छ । रियालाई लागू पर्दाथ नियन्त्रण ब्यूरोले ड्रग डिलिङमा संलग्न भएको कारण उनीमाथि जाँचको प्रक्रिया शुरु गरेको बताएको छ । रियासँग ड्रग केसमा संलग्न रहेको आरोप लगाउँदै भारतिय प्रहरीले तीन शंकास्पद व्यक्तिलाई निगरानीमा राखेको छ ।

प्रहरीको निगरानीमा राखिएका व्यक्तीलाई लागू पर्दाथ ड्रग र साइकोट्रोपिक सब्स्टान्स ऐन अन्तरगत कार्वाही गरिने भएको छ । भारतिय सञ्चारमाध्यमका अनुसार, उनीहरुले गाँजाको घुलोलाई प्रति ग्राम पाँच हजार रुपैयाँ सम्म बेच्ने गरेको आरोप प्रहरीको छ । प्रहरीले सुशान्तको मृत्यु प्रकरणमा पनि रियासँग यस पेशामा आवद्ध दुइजनालाई बयान लिने बताएको छ ।

उनीसँग सोधपुछ गर्ने र अभिनेत्री रियाको ड्रग केससंगको बारेमा पनि बयान लिने तयारी प्रहरीको छ । यसै विषयलाई लिएर रियाका बकिलले बयान जारी गर्दै भनेका छन्, ‘रियाले कहिले लागु पर्दाथ सेवन गरेकी छैन्न । उनले कुनै बेलापनि आफ्नो रगत परिक्षण गर्ने सक्ने छिन् ।’

प्रहरीका अनुसार पेशेवर लागुऔषद कर्ताले अमेरिकाबाट यसको सप्लाय गर्ने गरेको खुलेको छ । उनीहरुले सप्लाई भएको गाँजाको धुलो अमेरिकाको क्यालिफर्नियाबाट आयात गरिएको अनुसन्धानकर्ताहरुले जनाएका छन् । पेशेवर लागुऔषध व्यापारीसँग अभिनेत्री रियाले गरेका कुराकानीहरु रियाले हटाए सकेको बताइएको छ । रियाले ड्रग सम्बन्धित कुराकानीहरु ह््वाट्स एपबाट हटाएकी छन् । प्रहरीले ति सबै कुरा अनुसन्धानको क्रममा रिकभर गरिसकेको रे ड्रग डिलरसंगको कुराकानीलाई समेत ब्युरोले पत्ता लगाइसकेको छ ।