राजेशपायल राईले कसलाई भने ‘खै के भयो’

मेगास्टार गायक राजेश पायल राईको आवाजमा ‘ खै के भयो ’ बोलको गीत सार्बजनिक भएको छ । रमेश मगरको शब्द संगीतमा तयार भएको गीतलाई राजेश पायलले गाएका हुन् । बैदेशिक रोजगारीको शिलशिलामा दक्षिण कोरियामा बसोवास गर्दै आएका गीतकार रमेश मगरले यस यो भन्दा अगाडी सुस्त हावा, नसम्झाउ, अतितका ति पल लगायत गीतमा शब्द संगीत दिईसकेका छन् । गीतलाई राजु कार्कीले संगीत संयोजन गरेका हुन् ।

भिडियोमा एलिस राई, नग्मा श्रेष्ठ, निनाहाङ राई अभिनय गरेका छन् भने भिडियोलाई धन खालिङ र श्री थापाले खिचेका हुन् । त्यस्तै भिडियोलाई धन खालिङले नै सम्पादन गरेका छन् ।

आफुले मन पराएको सबै कुरा पाउन सकिन्न भन्ने सन्देश दिन खोजिएको यस भिडियोलाई किशन भुषालले कोरियोग्राफि गरेका छन् ।
भिडियोलाई गायक तथा संगीतकार सन्तोष डुमीले निर्देशन गरेका हुन् । यस गीतको भिडियोलाई सन्तोष डुमी अफिसियल युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।