जन्मदिनमा आशिरमानलाई शुभकामना, कमब्याक सुखद होस्

Mero Film


कोरोनाको कालखण्ड सकियोस्, फिल्मको काम सुरु होस् भनेर कामना गरौ । कामना त गर्न सकिने भयो अहिलेलाई । फिल्मको काम सुरु भएर हलमा नयाँ फिल्म आउँदासम्म त सबै कलाकारको कमब्याक जस्तै त हुने भयो ।

अभिनेता आशिरमान देशराजको जन्मदिन हो आज । उनको जन्मदिनमा उनलाई शुभकामना ।

उनलाई फ्यान, परिवारले शुभकामना दिइरहेको देख्न सकिन्छ । आशिरमान देशराज जोशीले ग्याङस्टार ब्लूज भन्ने फिल्म खेलेका थिए, पहिलो पटक । यो फिल्मले उनलाई कुनै सफलता दिएको थिएन । फिल्ममा उनले काम गर्न कोशिश गरेका थिए । समय पनि लगाएका थिए । समयले फिल्म चल्ने होइन । राम्रो बन्न पर्यो । फिल्म गतिलो बनाएनन्, हेमराजले । उनलाई घाटा लाग्यो ।

आशिरमान देशराजको दोश्रो फिल्म द ब्रेकअप पनि उस्तै भयो । यो फिल्ममा उनको चुम्बनको सिन चर्चित भयो । फिल्म भएन । आशिरमान फिल्ममा आउनु भन्दा अगाडी नै उनको परिवारबाट आयुष्मान देशराज हिरो भएका थिए । आयुष्मान चलेको बेलामा आशिरमान पनि आए ।

अग्लो कदका ह्यान्डसम केटा आएपछि फिल्ममा चमत्कार नै होला नी त भनेर पनि सोचे फिल्मवालाले । तर, उनी चल्न सकेनन् ।

आशिरमानको घर अहिले फिल्मीमय छ । दाई आयुष्मान हिरो, भाउजु प्रियंका कार्की हिरोइन । आशिरमानले नयाँ फिल्म खेल्ने वाचा गरेका छैनन् ।

तर, जन्मदिन मनाउँदै गरेका आशिरमानले कमब्याक गतिलो गर्नुहोस् भन्न सकिन्छ । किनकी, उनीबाट फिल्म क्षेत्रले अपेक्षा गरेको छ । अपेक्षा पुरा गर्न उनले मेहेनत गर्नपर्छ ।

आशिरमानले कथा राम्रो छानुन् । समय लगाउन् तर राम्रो फिल्म लिएर आउन् । जन्मदिनको शुभकामना ।


Leave a Reply

Your email address will not be published.