अनमोललाई किन आउँछ होस्टेलको याद ?


अनमोल केसी, अभिनेता अहिलेको चलेका । अभिनेता अनमोल केसीले खेलेको फस्ट फिल्म हो होस्टेल ।

सुनिल रावल यसका निर्माता हुन् । हेमराज वीसी निर्देशक । साथी म तिम्रो फिल्मको गीतमा नाचेपनि अनमोल केसीले हिरो भएर काम गरेको फिल्म पहिलो होस्टेल हो ।

होस्टेल हिट भएको थियो । अनमोल केसीको हाइहाई । ए मेरो हजुर ४ खेल्दै गरेका अनमोल चलेका हिरो । ५० लाख रुपैयाँ उनको दाउमा लगाउँदा निर्माता दुखी हुन्नन् । क्रेज उनको यसैबाट थाहा हुन्छ ।

अनमोलले खेलेको होस्टेल रिलिज भएको ७ बर्ष भयो । उनले होस्टेल खेलेपछि जेरी, ड्रिम्स, गाजलु, कृ, क्याप्टेन, ए मेरो हजुर २ पनि खेलेका छन् । तर, अनमोललाई याद आउछ बारम्बार होस्टेलको ।

होस्टेल रिलिज भएको हरेक बर्ष उनले यो फिल्म संझन्छन् । अरु, फिल्म उनले संझिएको पाइन्न ।

पहिलो फिल्म भएर यति धेरै याद आएको हो कि के हो ? अनमोललाई आखिर किन आउँछ बारम्बार होस्टेलको याद । अरुको किन आउन्न ।