कोरोनाका कारण ‘सक्कि गो नी’ अनिश्चितकालिन बन्द

नेपाल टेलिभिजनबाट प्रसारण हुदै आइरहेको हास्य सिरियल ‘सक्किगो नी ’ अहिले बन्द रहेको छ । नेपालमा कोभिन १९ भित्रिएसंगै यसको प्रसारण पनि रोकिएको थियो ।

दर्शकले अत्यधिक मन पराइएको यस सिरियल प्रसारण हुने कुरमा अनिश्चित रहेको निर्देशक तथा कलाकार अर्जुन घिमिरे (पाँडे)ले बताएका छन् । अवस्था सामान्य हुने वितिक्कै सिरियलको निरन्तरता रहने पनि अर्जुनले बताएका छन् ।  उनले भने, ‘अहिले हामी सबैले ज्यान जोगाउने बेला आएको छ । सरकारले गरेको लकडाउनको पुर्णपालना गर्दै घरमा नै बसिरहेका छौँ । अहिले सुटिङ गर्ने माहोल पनि रहेको छैन । ’

देशमा कोरोना महामारी जस्तो रोगको केहि अत्य नभइ सुटिङ गर्ने पक्षमा नरहेको निर्माणपक्षको भनाई छ । उनले अहिले भिडभाड गरेर सुटिङ गर्ने अवस्था नरहेको र सरकारले लागु गरेको लकडाउनको पुर्ण पालना गरेको बताएका छन् । ‘पहिलो कुरा हामी रहनु पर्यो । भोलीका दिनमा त छँदै छौँ नी,निर्देशक घिमिरेले भने ।’ अर्जुनले सामाजिक सञ्जाल फेसबुकमार्फत सिरियलको बारेमा आधिकारी धारण दिएका छन् ।
यस सिरियलमा अर्जुनका अलवा कुमार कट्टेल , हरि निरौला , रक्षा श्रेष्ठ,सागर लम्साल ( बले ) सिपी पुडासैनी लगायतको अभिनय रहेको छ ।