कोरोनाको कारण देखाउँदै बलिउड गायिका लता मंगेशकरको घरमा सिल

बलिउडकी लोकप्रिय गायिका लता मंगेशकरको घरलाई कोरोनाको जोखिम रहेको भन्दै सिल गरिएको छ । उनको घरलाई बीएमसीले सिल गरिदिएको हो ।

उनको बिल्डिङमा धेरै उमेरका मानिसहरुको सख्या भएकोले भन्दै बीएमसीले सील गरेको हो । गायिका लता मंगेशकरका परिवारले भने एक विज्ञप्ती जारी गर्दै हिजो साँझदेखि नै प्रभुकोज भवन सील गरिएको कल आएको जानकारी दिएका छन् ।

बिल्डिङ सोसाइटी र बीएमसीले बृद्ध व्यक्तिहरुको सुरक्षामा ध्यानमा राख्दै भवन सील गर्ने निर्णय गरेको हो । लता मंगेशकरको परिवारले जारी गरेको विज्ञप्तीमा भनिएको छ, यस्तो प्रकारको सावधानी अपनाउनु आवश्यक छ । विज्ञप्तिमार्फत गएका केही चाडपर्वहरु पनि सामाजिक दुरी कायम राख्दै निकै सामान्य तरिकाले मनाएका छौँ । आफ्नो परिवारको स्वास्थ्यको बारेमा कुनै प्रकारका समाचार नबनाउन आग्रह पनि गर्दछौँ । ’

सबै परिवार आजसम्म सुरक्षित भएको जनाउदै भवन सोसाइटी सुरक्षाका सबै नियम पालन गर्ने र बृद्धहरुको सुरक्षामा पनि सहयोग गर्ने उल्लेख गरिने विज्ञप्तीमा भनिएको छ ।
९० वर्षकी चर्चित गायिका लता अहिले घरमै बसीरहेकी छिन् । पछिल्लो समयमा उनी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । केहि दिनअघि उनले गणपति बाबाको तस्वीर सेयर गरेकी थिइन् ।