सलमानको रियालिट शो ‘बिग बोस’ को १४ औं सिजन छिट्टै

अभिनेता सलमान खानले चलाउँदै आएको रियालिट शो ‘बिग बोस’ को १४ औं सिजन छिट्टै सुरु हुने भएको छ । जसका लागि सलमानले २५० करोड रुपैयाँ पारिश्रमिक लिने भएका छन् ।

त्यस्तै सलमानसँग कलर्सले अर्को कामको लागि पनि सम्झौता गरेको छ । सलमानसँग कलर्सले एक वर्षसम्म केही अवार्ड शो मा सहभागी हुनु पर्नेछ । बिग बोस हरेक वर्ष सेप्टेम्बरमा प्रसारित हुँदै आएको छ । तर यो वर्ष भने अगाडि नै हुने भएको हो ।