अलिसासंग नाचौं, पुरस्कार जितौं

Mero Film
ख्याति प्राप्त नृत्यांगना हुन अलिसा शर्मा नृत्य बिधामा बिशेष गरेर यूबा पुस्तामांझ लोकप्रिय अलिसा अब एजुकेसन एण्ड माइग्रेसन कर्नरसंग जोडिने भएकी छिन ।
अलिसा र यूबा पुस्ताका यूबा यूबतीबीचको नृत्य क्षमतालाई सामाजिक सन्जाल मार्फत उजागर पार्न यतिबेला एजुकेसन एण्ड माइग्रेसन कर्नरले अलिसासंगको सहकार्यमा इएमसी टिक-टिक डान्स डुयट च्यालेन्ज विथ अलिसा शुरू गर्ने भएको -‘ बिध्यार्थीहरूले यो प्रतिस्पर्धालाई आफ्नो क्षमता र दक्षता प्रस्तुत गर्न पाउंने अबसरको रूपमा लिनु हुने कुरा प्रति हामी ढुक्क छौं -‘ एजुकेसन एण्ड माइग्रेसन कर्नरका प्रमुख सुनिल उप्रेतीले जानकारी दिए ।
नृत्य प्रतिस्पर्धामा पहिले अलिसाले एउटा सजिलो नृत्य गरेर ह्यासट्याग ऐजुकेसन एण्ड माइग्रेसन कर्नर ह्यासट्याग इ एम सी डुयट च्यालेन्ज लेखेर टिकटकमा हालेर पोस्ट गर्ने छिन । बिध्यार्थीहरूले त्यही ह्यासट्याग प्रयोग गरी अलिसासंग डुयट गर्नु पर्ने छ । डुयट भिडियोमा धेरै हटको साइन पाउंनेले च्यालेन्ज जित्ने जानकारी दिइएको छ ।
अलिसासंग डुयट गरिएको भिडियो धेरै सेयर गरेर धेरै भ्यूज पाउंन सकिने कुरा अलिसाले बताईंन । यो च्यालेन्जमा दुईवटा ह्यासट्याक अनिवार्य प्रयोग गर्नु पर्ने छ र,यो नियम पुरा नगर्नेले प्रतिस्पर्धामा सहभागिता जनाउन पाउंने छैनन् । यो च्यालेन्जमा सन २०२० सेप्टेम्बर ७ देखी २०२० अक्टोबर ६ सम्ममात्र सहभागिता जनाउनु पर्ने छ ।
च्यालेन्ज जित्नेले २५००० नेपाली र ३ सय अष्ट्रेलियन डलर पुरस्कार स्वरूप प्राप्त गर्ने छन । यो च्यालेन्जमा नेपाल र अष्ट्रेलियामा रहनु हुने नेपाली बिध्यार्थीहरूले सहभागिता जनाउन पाउंने छन । च्यालेन्जको रोमान्चक कुरा के छ भने बिजेताले अलिसासंग रियल टिकटक भिडियो पनि खेल्न पाउंने छन ।

Leave a Reply

Your email address will not be published.