लोकगायक प्रेमराजा महत दम्पतीले जिते कोरोना

अमेरिकामा बस्दै आएका लोकगायक प्रेमराजा महत र उनकी पत्नी कविता महत कोरोना संक्रमणबाट मुक्त भएका छन् । उनले सामाजिक सञ्जालमार्फत दुवैजनाले कोरोनालाई परास्त गर्न सफल भएको बताएका छन् । गत अगस्त ७ मा आफू र श्रीमती कवितालाई कोरोना संक्रमण भएको जानकारी गराएका थिए ।

महतले सबैको आशिर्वाद र माया प्रेमले आफूहरुमा हिम्मत बढाएको र त्यसैको साहसको काररण कोरोनालाई परास्त गर्ने सफलता मिलेको बताएका छन् । गायक महत मेरिल्याण्ड र पेनसेलभेनियाका लागि महावाणिज्यदूतसमेत रहेका छन् । संक्रमणमुक्त भएपछि महतले कोरोनालाई सानो रोग नमान्न तथा ठूलो हो भनेर नडराउन पनि आग्रह गरेका छन् । उनीहरुलाई आफ्नै छोरा डा. सरगम महतको निरीक्षण र निगरानीमा घरमा नै बसेका थिए ।

NO CORONA, GO CORONA.WE DON’T NEED ANY MORE.हाम्रा सम्पुर्ण शुभचिन्तक ईष्टमित्रहरू मा हाम्रो हार्दिक नमस्कार।सर्बप्रथम…

Gepostet von Prem Raja Mahat am Freitag, 28. August 2020