‘माया नयनी ताल’मा सुधिर, सुशिल र रियाशा


निर्देशक विधान कार्कीको निर्देशनमा तयार भएको म्यूजिक भिडियो माया नयनी ताल सार्वजनिक गरिएको छ ।

यो गीतमा सरोज साजन श्रेष्ठको शब्द, संगीत र स्वर छ । यो गीतले एक यूवतीको प्रेममा परेका यूवाहरुको मनको भावनलाई व्यक्त गरेको छ ।

निर्देशक कार्कीले भिडियोलाई फिल्मी शैलीमा प्रस्तुत गरेका छन् । भिडियोमा सुधिर श्रेष्ठ, सुशिल रेग्मी, रियाशा दाहाल र अनामिका बराकोटीको मोडलिङ हेर्न सकिन्छ । सुधिर र रियाशा पछिल्लो समयमा चल्तीका मोडल हुन् ।

पेशाले इन्जिनियर सुशिल पनि यो गीतको भिडियोमा जमेका छन् । प्रेम रेग्मीको लगानीमा तयार भएको भिडियोमा सुरेन बसेलको कोरियोग्राफी, उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन छ ।