बेनिशाले जसलाई भेट्छिन्, उसैको फिल्म खेल्छिन् ?


घर रिलिज भएपछि फिल्म नपाएको पीडा होला अभिनेत्री बेनिशा हमालसँग । नचलेपछि गाह्रो हुन्छ फिल्म बजारमा । चल्न पर्ने, बल्न पर्ने । तर, सबै नभएपछि गएन त समय खेरा ।

बेनिशा हमाल फिल्म सफल दिन नसकेपछि छटपटीमा छिन् । ब्लाइन्ड रक्सले नाम दियो दाम दिएन । झ्यानाकुटी चलेको भनियो, बेनिशाका लागि चलेन ।

लकडाउनपछि भारतबाट नेपाल आएकी अभिनेत्रीले ३ जनाको फिल्म खेल्ने कुरो आइसक्यो ।

सिमोस सुनवारको फिल्म खेल्ने कुरा आयो, झ्याकुटी । खेल्ने संझौता भएको होइन । मिन बहादुर भामसँग भेटिन्, चिसो मान्छे खेल्न लागेको कुरा आयो ।

सन्तोष सेनको जन्मदिनमा पुगेकी थिइन्, हुतुतु फिल्म खेल्न लागेको कुरा भयो । जुन निर्माता, निर्देशकसँग बेनिशाको भेट हुन्छ, उसकै फिल्म खेल्ने कुरा । समाचारमा आएर मात्रै त के आनन्द मान्नु र खै ?