‘अदालतभन्दा अगाडि बढेर कसैलाई दोषी ठहराउनु उपयुक्त होइन’ – तापसी पन्नू

बलिउड अभिनेता सुशान्तसिंह राजपुत आत्महत्याको विषयमा कलाकारहरु विस्तारै बोल्न थालेका छन् । उनको निधनको अढाई महिनापछि अभिनेत्री तापसी पन्नूले आफ्नो धारणा सार्वजनिक गरेकी छन् ।

उनले आफूले व्यक्तिगत रुपमा सुशान्तसिंह र रियालाई नचिन्ने बताएकी छन् । उनले सामाजिक सञ्जालमा र मिडियाले हल्ला बढि फिजाँएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् । उनले मिडिया तथा सामाजिक सञ्जालले आरोप लागेकै भरमा अपराध जस्तै हेरेको बताएकी छन् । उनले कसैलाई आरोप लागेकै भरमा दोषी ठहर गर्नु, अनुमान लगाउनु गलत भएको बताएकी छन् । तापसीले कानूनमाथि भरोसा गर्नुपर्ने उनको भनाई छ ।

उनले ट्वीटरमा लेख्छिन् – ‘म सुशान्तलाई व्यक्तिगत रुपमा चिन्दिन । न त रियालाई नै चिन्छु । तर, म यति जान्दछु कि एक मानव हुनुको नाताले अदालतभन्दा अगाडि बढेर कसैलाई दोषी ठहराउनु उपयुक्त होइन। तपाईंको विवेक र मृतकको पवित्रताको लागि भए पनि कानूनमाथि भरोसा गर्नुस् ।’