स्वस्तिमाको पहिलो फिल्मको पारिश्रमिक कति ? भन्छिन् – ‘अझैँ आधा लिन बाँकी छ ’

नेपाली फिल्ममा नवअभिनेता अभिनेत्रीले कमै पैसामा काम गरिरहेका हुन्छन् । फिल्ममा काम गरुँन्जेल पैसा पाउने आस हुन्छ । आश्वस दिएका हुन्छन् । यस्तै अहिलेकी चर्चित अभिनेत्री स्वस्तिमा खड्काले पहिलो फिल्मबाट पारिश्रमिक नपाएको बताएकी छन् ।

उनले आफ्नो आधिकारिक युट्युब च्यालनमा प्रश्नोत्तर भिडियो राख्दै पहिलो फिल्म ‘होस्टेल रिर्टन्स’बाट आफुले आधा पैसा लिन बाँकी नै रहेको बताएकी छन् । उनले त्यो फिल्ममा १५ हजार पारिश्रमिकमा सम्झौता गरेर काम गरेको भएता पनि पारिश्रमिकको आधा रकम मात्रै पाएको बताएकी छन् ।

प्रश्नोत्तर कार्यक्रममा डिजे एन्जल्स नामका व्यक्तिले सोधेको प्रश्नको जवाफ दिँदै यो रहस्य खोलेकी हुन् । उनले भनेकी छन्, ‘मैले पहिलो चलचित्रमा काम गर्दा १५ हजारमा सम्झौता भएको थियो । आधा पारिश्रमिक पाउन बाँकी नै छ ।’ उनले यो फिल्मबाट पारिश्रमिक नपाए पनि चित्त दुखाई नभएको बताएकी छन् ।

उनले आफुलाई त्यो बेला पैसाभन्दा पनि बढी प्लेटफर्म अर्थात् अवसरको आवश्यकता रहेकाले पारिश्रमिक नपाएकोमा खासै चित्त दुखाइ नरहेको बताईन । उनले खुसी हुँदै त्यो बेलामा आफुलाई फिल्ममा काम दिएकोमा फिल्म निर्माण पक्षलाई धन्यवाद दिएकी छन् । फिल्मलाई निर्माता सुनिल रावलले निर्माण गरेका थिए । उनले यस फिल्ममा स्वस्तिमालाई ब्रेक दिएका थिए । अहिले उनै स्वस्तिमा खड्का नेपालकै अब्बल अभिनेत्रीका रुपमा परिचित भइसकेकी छन् ।