‘मेरि मामु’ निर्देशकको नयाँ फिल्ममा स्वेता

अभिनेत्री श्वेता खड्का नयाँ फिल्ममा अनुबन्धित भएकी छन् । उनी ‘हुर्रे’, ‘मेरी मामु’ र ‘राज्जा रानी’ निर्देशन गरिसकेका यम थापाको निर्देशनमा बन्ने नयाँ फिल्ममा अभिनय गर्न लागेकी हुन् । फिल्ममा स्वेता आमाको भूमिकामा रहने बताइएको छ । यकिन भने भइसकेको छैन । यस फिल्मको कथा तथा निर्देशन यम थापा स्वयंको रहने छ ।

आफै फिल्म निर्माणमा जुटेकी स्वेताले पछिल्लो दुइ बर्ष यता फिल्ममा अभिनय गरेकी छैनन् । आफैंले निर्माण गरेको फिल्म ‘कान्छी’ पछि निर्देशक एभरेष्ट सूर्य बोहराको ‘हेल्लो जिन्दगी’ साइन गरेकी थिइन् । तर, घाँटीमा ट्यूमर देखिएपछि उनले यो फिल्म पुरा गर्न सकिनन् ।