चिसो मान्छेमा सुरक्षा नहुने हुन् त


दीपेन्द्र के खनालको फिल्ममा हिरोइन को हुन्छ, सुरक्षा पन्त । सुरक्षा पन्तलाई लिएर उनले फिल्म कतीवटा बनाएका छन् ।

धनपति, चंगाचेट, आमा, घर । दिपेन्द्रको फिल्ममा सुरक्षा हुन्छिन् भन्ने थाहा सबैलाई हुन्छ । दिपेन्द्रले फिल्म बनाउन लागे भनेर खबर आउँदा, हिरोइन त सुरक्षा नै होलिन् भन्दिहाल्छन् मान्छेहरु ।

सुरक्षाको अभिनय राम्रो छ, काम गर्न सहज हुन्छ मलाई भनेर बारम्बार भनेका पनि छन् दिपेन्द्रले । आमाको कथामा सुरक्षाले राम्रो गरिन् ।

तर, दिपेन्द्रले यो पल्ट चिसो मान्छेमा सुरक्षा पन्तलाई स्थान नदिने सोचेका हुन् कि के हो खै ? हिरोइन भनेर स्वस्तिमा खड्का लिएका छन् । सरप्राइज नै बनाइदिए ।

फेरि, एउटै अभिनेत्रीसँग धेरै काम गर्न हुन्न भन्ने पनि होला । कि, सुरक्षाको नाम सार्वजनिक गर्न नै बाँकी छ ।

स्वस्तिमा आएपछि सुरक्षाको भूमिका छ कि छैन भनेर चासो त भैहाल्छ नी । चिसो मान्छेमा सुरक्षा छुटिन् भने, दर्शकलाई खल्लो होला कि हुन्न होला ।