रियाको पक्षमा बोल्न थाले बलिउड अभिनेत्री, तापसीपछि विद्या बालन बोलिन् : भन्छिन्, ‘मेरो मन दुखेको छ’

बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई सबैतिरबाट सुशान्तको आत्महत्याको केसमा अभियोग लाग्न थालेपछि अरु अभिनेत्रीहरु पनि बोलन थालेका छन् । अभिनेत्री विद्या बालनले सुशान्तसिंह राजपुत निधन प्रकरणका बारेमा बोल्दै सुशान्त मुद्दामा पुर्वप्रेमिका रिया चक्रवर्ती आरोप लगाएको भन्दै खण्डन गरेकी छन् । रियामाथी सीबीआईसहित तीन वटा निकायले केरकार गरिरहेका बेला विद्या रियाको पक्षमा उभिएकी हुन् ।

विद्याले सामाजिक सञ्जालमा लेख्दै आरोप लागेकै भरमा रियामाथि भइरहेको मिडिया ट्रायलको विरोध गरेको बताएकी छन् । उनले ट्वीटर गर्दै लेखेकी छन् –‘यो निकै दुर्भाग्यपूर्ण हो कि हाम्रो प्रिय युवा स्टार सुशान्तसिंह राजपूतको निधन अब मिडिया सर्कस बनिसकेको छ। एक महिला हुनुको नाताले रिया चक्रवर्तीका बारेमा भइरहेका घटिया कुराहरुले मेरो मन दुखेको छ।  के उनी तबसम्म निर्दोष हैनन् र जबसम्म दोषी साबित हुँदैनन्? वा फेरि उनी निर्दोष साबित नहुँदासम्म दोषी हुन्? आउनुस् कुनै नागरिकका लागि संवैधानिक अधिकारको लागि केही सम्मान देखाउनुस् र कानूनलाई आफ्नो काम गर्न दिनुस्।’

केहि दिन अघि अभिनेत्री तापसी पन्नूले रियाको समर्थन जनाउँदै अदालतभन्दा अगाडि बढेर कसैलाई दोषी ठहर गर्नु कति सहि हो भनेर प्रश्न गरेकी थिइन् । उनले कानुनमाथि भरोसा राख्न पनि अपिल गरेकी थिइन् । त्यस्तै अर्कै अभिनेत्रीले सुशान्तको केसमा रियामाथी भइरहेको आरोपको हमलाको विरोध गर्दै आइरहेकी छन् । सुशान्तको केसमा सुरुवात देखि नै कलाकार लक्ष्मी मान्चूले रियाको पक्षमा ट्वीट गर्दै मिडिया ट्रायलमाथि प्रश्न उठाएकी थिइन् । उनैको पक्षमा पन्नु र विद्याले समर्थन जनाएका हुन् ।

https://twitter.com/vidya_balan?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1300756831698972675%7Ctwgr%5E&ref_url=https%3A%2F%2Fpahilopost.com%2Fcontent%2F20200902114450.html