फिल्म ‘रिभर इन दि मिरर’ बुसान फिल्म फेस्टिभलमा

नेपाली फिल्म ‘रिभर इन दि मिरर’ बुसानको एसियन प्रोजेक्ट मार्केट (एपीएम ) मा छनोट भएको छ । थुप्रै फिल्ममा छनौट भएको २२ मध्ये यो एक नेपाली फिल्म हो ।

एसियन प्रोजेक्ट मार्केट कोरियामा हरेक वर्ष हुने बुसान फिल्म फेस्टिभललाई एक महत्वपूर्ण इभेन्टरुपमा मानिने गरेको छ । कोभिड(१९ प्रभावका कारण बुसान इन्टरनेसनल फिल्म फेस्टिभल अक्टोबर ७ देखि १६ सम्म सीमित विदेशी फिल्मकर्मीका साथ भर्चुअल्लीबाट सुरु हुने जानकारी गराइएको छ ।

फिल्ममा भुटानी निर्देशक टासी ग्याल्क्षेन र नेपाली निर्माता रामकृष्ण पोखरेलको सहकार्य रहेको फिल्म ‘रिभर इन दि मिरर’लाई राम्रो फिल्मका रुपमा लिइएको छ ।  पोखरेल र ग्याल्क्षेनले यसअघि निर्माण गरेको फिल्म ‘रेड फालुस’ले सन् २०१८ मा बुसानमै भएको प्रतिस्पर्धामा फेप्रिस्की अवार्ड जित्न सफल भएको थियो । बुसान इन्टरनेसनल फिल्म फेस्टिभल अन्तर्गत नै न्यु करेन्ट सेक्सनमा छानिएका एसियन फिल्मलाई फेप्रिस्की अवार्ड दिइने गरिएको छ ।

एसियाका फिल्ममेकरलाई विश्व सिनेमासम्म पुर्याउने उद्देश्यले सुरु भएको एपीएममा यो साल नेपालसँगै जापान, चीन, बंगलादेश, भारत, श्रीलंका, ताइवान आदि देशका फिल्ममेकर छानिएका छन्। बुसानले भर्खरै जारी गरेको एपीएमको लाइनअपमा कान्समा अवार्ड जितिसकेका निर्देशक पनि छन्।  ‘रिभर इन दि मिरर’ले १० वर्षे बालकले ८१ वर्षीय हजुरआमासँग बद्ला लिन उनलाई अमर बनाउन सञ्जिवनी बुटी खोज्न हिडेको कथा प्रस्तुत गर्नेछ। निर्माता पोखरेलले फिल्मको बजेट साढे तीन करोड हाराहारी रहेको दावी गरेका छन् ।