दश दिने ध्यानमा अभिनेत्री रेखा

अभिनेत्री रेखा थापा ध्यानमा बसेकी छन् । रेखा मंगलवारबाट कठोर ध्यान गर्दै दश दिने मौन व्रत बसेकी हुन् । उनले ध्यानमा बसेपछि खाना खाने समय भनेको एक पटक हुने छ । उनले ध्यानको समयमा मोबाइल चलाउन पाउने छैनन् ।

उनले दैनिक रुपमा १७ घण्टासम्म साधना गर्नुपर्ने जानकारी आएको छ । एक त कोरोना महामारीका बीच मनमा उत्पन्न भएका खरावी कुराहरु हटाउन र मनभित्रका लोभ–मोह हटाउनका साथै , शरीरलाई सकारात्मक उर्जा प्रदान गर्नका लागि दश दिने तपस्यामा बसेकी हुन् । उनी धर्मप्रति एकदमै विश्वास गर्ने अभिनेत्री पनि हुन् ।

कोरोना महामारीका कारण नयाँ फिल्मको छायाँङ्कनमा जान नसकिएपछि उनमा केहि तनाव उत्पन्न भएको थियो । तर सोचे जस्तो नभएपछि उनी कोरोना संक्रमण कम नहुन्जेल घरमा नै बसेर तौल घटाउने काम गरिरहेकी थिइन् । लकडाउनको समयमा रेखाले फिल्मका लागि आफ्नो शरीर स्लिम बनाएकी छन् । व्यायाम गर्न थालेको केही महिनामा २० केजी तौल घटाएकी छन् ।