तेस्रो लिङ्गीको गेटअपमा देखिए आयुष्मान

अभिनेता आयुष्मान देशराज जोशीले आफ्ना फ्यानहरुलाई सरप्राइज दिए । उनले, एक सिरिजका लागि आफ्नो गेटअप नै परिवर्तन गर्दै ‘तेस्रो लिङ्गी’मा देखिएका छन् । उनले उनको त्यो गेटअप परिवर्तनले साधारण खालको सिरिज जस्तो भने देखिएको छैन

तस्विर सामाजिनक सञ्जालमार्फत सेयर गर्दै आयुष्मान लेख्छन्–‘मेटामोफिर्कक मेनिफेस्टो महिला बन्नका लागि सर्जरी गर्ने इतिहासकै पहिलो पुरुषको कथा हो । यो श्रृङ्खला डेनिश कलाकार लिली एल्बे र गेरडा वेगेनरको जीवनको नेपाली रुपान्तरण हो ।

जब एक पत्नी आफ्नो पेन्टिङमा आफ्नो श्रीमान्लाई महिला मोडलको रुपमा पोज दिनका लागि आग्रह गर्छिन्, यसपछि उक्त श्रीमानमा लुकेको पहिचान बाहिर निस्कन खोज्छ । यो श्रृङ्खलाले एक तेश्रो लिङ्गी व्यक्तिको यात्रालाई प्रस्तुत गर्दछ ।’

उनी अव आउने यो श्रृङ्खला आफ्ना लागि विशेष भएको र आफुले उसलाई कहिले पनि कामको रुपमा नलिएको बताएका छन् । उनको यो स्वरुपले पुरुष वा महिलाको नभएर, एक मानिसको संघर्षको कथा भएको बताएका छन् ।

उनी थप लेख्छन् –‘यो एक मानिसले आफूमा आफूलाई खोज्ने प्रयासको कथा हो, जुन उसको अधिकार भित्र पर्दछ ।’  कुन सिरिजका लागि यो गेटअप बनाएका हुन त्यो उनले खुलाएका छैनन् । उनी यो सिरिजबाट भने निकै उत्साहित देखिएका छन् ।