अमिताभले किनेको नयाँ विलासी गाडीको जताततै ट्रोल

बलिउडका महानायक अमिताभ बच्चन विलासी कार खरिद गरेका छन् । उनले हालै खरिद गरेको नयाँ विलासी गाडीमा मर्सिडीज एस–क्लास नामको कार रहेको छ । जसको अहिले जताततै चर्चा भइरहेको छ । अभिताभले कारका केही तस्बिर सोसल मिडियामा सार्वजनिक गरेपछि भाइरल भइरहेको छ ।

भाइरल भएको फोटोमा अमिताभ बच्चन कारसहित पोज दिइरहेको देखिन्छन् । केहि हप्ता अगाडी कोरोना संक्रमणलाई जितेका उनले नयाँ कार खरिद गरेका हुन् । अहिले उनको यहि गाडीको जताततै ट्रोल बनेको छ । उनी ट्रोलको सिकार बनेका हुन् । कोरोना महामारीमा के ‘के देखावटी गरिरहनुभएको हो ? भन्दै कमेन्ट गर्दाहरुले भनिरहेका छन् । हालै लन्ज भएको यस कारको मुल्य १ करोड ३८ लाख भारु रहेको छ ।