‘डान्सिङ्ग विथ द स्टार्स नेपाल’ को तयारी पूरा

नेपालभरिबाट डान्सर छान्ने ‘डान्सिङ्ग विथ द स्टार्स नेपाल’ को तयारी पूरा भएको छ । अन्तराष्ट्रिय डान्स सेलिब्रेटी रियालिटी शो डान्सिङ्ग विथ द स्टार्स को नेपाल भर्सन ‘डान्सिङ्ग विथ द स्टार्स नेपाल’ को तयारी पूरा भएको हो ।

‘डान्सिङ्ग विथ द स्टार्स नेपाल’ लाई चाडै नै टेलिभिजनमा प्रसारण हुने तयारीमा रहेको बताइएको छ । यस रियालिटी शोमा १२ सेलिब्रेटी र उनका कोरियोग्राफरको स्टेजमा प्रफर्म गर्नेछन् । यस रियालिटी शोमा हरि खड्का, प्रशान्त ताम्राकार, ज्योति मगर , बुद्ध लामा, सुमी मोक्तान , शृष्टि केसी, रक्षा श्रेष्ठ लगायतका सेलिब्रेटीले यो प्रतिष्पर्धामा भाग लिदैछन् ।

यस रियालिटी शोमा दिलिप रायमाझी, गौरी मल्ल र रेनशा वान्तवा राई जजको रुपमा रहेका छन् । केहि दिन अगाडी यसको प्रिमियर एपिसोडको सुटिङ्ग समेत सम्पन्न भएको थियो । महानायक राजेश हमाल र जजहरुले प्रिमियर एपिसोडमा आफ्नो प्रस्तुती समेत दिएका छन् । कुन टेलिभिजनबाट प्रस्तुत गर्ने जानकारी नभएता पनि राष्ट्रिय टेलिभिजनबाट प्रसारण हुने जानकारी पाइएको छ । यस रियालिटी शोलाई लक्ष्मण पौडेलले निर्देशन गर्दैछन् ।