सलिनमान ठूलै धमाकाको तयारीमा हुन् र ?

Mero Film


तुफान ठूलो आउँछ । ठूलो तुफान आउन भन्दा अगाडी शान्त हुन्छ रे माहोल । शान्त भयो भने तुफानले हंगामा मच्चाएर तहसनहस गर्छ ।

यात्रा फिल्म खेलेर शान्त भएका छन् सलिनमान । सलिनमानले यात्रा चल्छ ए मेरो हजुर २ जस्तै भनेर सोचेका थिए । सिनेमा नचलेपछि सलिनमानले सोचेका छन् धेरै कुरा । नया फिल्म खेल्नका लागि समय लगाएका छन् ।

प्रेमिकासँग समय बिताएका छन् । परिवारलाई समय दिएका छन् । आफै फिल्म बनाउने तयारी पनि गरेका छन् भनेर भन्छन् बजारमा हल्ला अनुसार । सलिनमान बनियाँ शान्तीलाई विश्वास गर्न भन्छन् । स्थिरतालाई खोज्न सिकाउँछन् । शान्ती नै महशुश गर्न भन्छन् ।

सलिनमान शान्त अवस्थालाई विश्वास गर्न भन्नुको तात्पर्य उनी तुफान बनेर आउँदैछन् तर अहिले शान्त छन् भनेर वुझ्दा भयो नी । सलिनमान तुफान नै हुन् भनेर ए मेरो हजुर २ चलेको बेलामा भनेका थिए धेरैले । तर, उनी शान्त भएर बसिदिएका थिए ।


Leave a Reply

Your email address will not be published.