रिस्ताको किस्ता किस्ताको यात्रा


फिल्म खेलिन्, विचमा हराइन्, फेरि काम गर्दैछिन् । कलाकारितामा त रिस्ताको यात्रा किस्ता किस्ताको नै छ । चल्नु र नचल्नु आफ्नो कुरा भयो । रिस्ता चलिन् कि चलिनन् खै । होस्टेल फिल्म खेलेपछि त रिस्ता बस्नेतलाई रुचाएका हुन् दर्शकले । फिल्म खेलेको खेलै । खेल्दा खेल्दै के के खेलिन् खेलिन् ।

खेल्दा खेल्दै नचल्ने फिल्म धेरै आएपछि उनी रोकिएकी थिइन् । राम्रो अफर आएपछि मात्र खेल्छु भनेर बसेकी थिइन् । राम्रो अफर आए खेल्ने कुरा त जसले नी गर्छ । पत्याउने नपत्याउने दर्शकको विचार ।

रिस्ता अहिले म्यूजिक भिडियो, वेव सिरिज खेल्दैछिन् । उनी अब करिअर किस्ता किस्ताको नबनाउने सोचमा लागिन् । कोरोना सकिएपछि फिल्मको घेरा नै के होला होला भाको छ । रिस्ताको करिअर अब किस्ता किस्ताको नहोस् ।