युटुबको ट्रेन्डिङमा गायक सरोज साजन श्रेष्ठको नयाँ गीत ‘माया नयनी ताल’

Mero Film

गायक सरोज साजन श्रेष्ठको नयाँ गीत ‘माया नयनी ताल’को म्युजिक भिडियो अहिले युटुबको ट्रेन्डिङमा रहेको छ । गायक स्वयमको शब्द, संगीतमा रहेको लोक पप डान्सिङ फ्युजनमा तयार पारीएको गीतलाई नेपाली दर्शक श्रोताले अत्याधिक रुचाईरहेका छन ।

विधान कार्कीले निर्देशन गरेको भिडियोमा अहिलेका व्यस्त तथा चर्चित मोडेलहरु सुधिर श्रेष्ठ, रियाशा दाहाल र राम्रो सम्भावना बोकेका मोडेल सुशील रेग्मीको अभिनय रहेको छ । भिडियोमा उत्सव दाहालको छायांकन, बिकाश दाहालको सम्पादन तथा सुरेन बसेलको कोरियोग्राफी रहेको छ भने दिपेन गौतमको निर्माण नियन्त्रणमा बनेको छ ।

अहिलेको कोरोनाको महामरिमा सबैले घरमै बसेर भिडियोलाई हेरिदिन हुन र माया गरिदिनु हुन साथै घरमा नै आफ्नो परीवारसंग सुरक्षित साथ बस्न हुन आग्रह गर्छन् गायक सरोज साजन श्रेष्ठ ।


Leave a Reply

Your email address will not be published.