गौतम र प्रियंका एकअर्कालाई भन्छन्– ‘ कोरेको छु तिम्रो तस्वीर ’

नयाँ दुल्हा, दुलहीको वैवाहिक सम्बन्ध, प्रेम सम्बन्ध कसरी सुमधुर बन्दै जान्छ भन्ने कुरालाई देखाउन खोजिएको भिडियो सार्वजनिक भएको छ । एड्भेन्चर स्टार गौतम खाती र चर्चित नायिका प्रियंका कार्की अभिनित म्युजिक भिडियो ‘कोरेको छु तिम्रो तस्वीर..’ सार्वजनिक भएको हो ।

उपत्यकाको विभिन्न ठाँउमा छायांकन गरिएको भिडियोमा उत्सव दाहालको छांयाकन, बिष्णु खड्काको सम्पादन, सुब्रत आचार्यको निर्देशन रहेको छ । निरा खातीको शब्द, प्रताप दास र अनु चौधरीको स्वर रहेको छ भने संगीत डि.बि. लामाको रहेको छ । साहस शाक्यले एरेन्ज गरेको भिडियोलाई ओएसआर डिजिटलको युटुब च्यानल हेर्न सकिन्छ ।