फिल्म ‘ए मेरो हजुर ४’ मा सुहानाको भुमिका गुण्डागर्दी

निर्देशक झरना थापाले सुहाना थापालाई ‘ए मेरो हजुर ३’ बाट फिल्ममा डेव्यु गराएकी थिइन् । यो फिल्मको सफलतासँगै निर्देशक झरनाले फिल्मको सिक्वेल  थप्दै  ‘ए मेरो हजुर ४’ को छायांकन थालेकी थिइन । गत चैतमा सरकारले लकडाउन लगाएपछि यसको छायाँङ्कन रोकिएको थियो ।

लकडाउन भन्दा अगाडी अभिनेत्री सुहाना थापा ‘ए मेरो हजुर ४ ’मा व्यस्त थिइन् । यसमा उनको जोडी अभिनेता अनमोल केसीसँग बाँधिएको छ । लकडाउनका कारण फिल्मको छायांकन रोकिएपछि उनी परिवारसँगै बसेर ,फिल्म हेरेर ,कृष्ण भजन गाएर समय विताइरहेकी छन् ।

बिहीवार सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत सुहानाले ‘ए मेरो हजुर ४’ मा रहेको आफ्नो भुमिका बारे आफ्ना फ्यानलाई बताएकी छन् । उनलाई इन्स्टामा एक प्रशंसकले फिल्म कहिले रिलिज हुन्छ भनेर सोधेका थिए । तर उनले आफ्नो फिल्मको भुमिकाको बारेमा चर्चा गरेकी छन् । फिल्मको प्रदर्शन सहि समय आएपछि प्रदर्शन हुने भनेकी छन् ।

उनले केहि तस्विरहरु सार्वजनिक समेत गरेकी छन् । सुटिङ सेटमा खिचिएको तस्विरमा उनको हातमा एक खरीपाटी छ, जसमा उनको परिचय खुलाइएको छ । सुहानाको हातमा रहेको खरीपाटीमा नाम आर्या महर्जन, पेशा विद्यार्थी, घर पाटनदरबार स्क्वायर, उमेर १९ वर्ष र अपराध गुण्डागर्दी र मापसे उल्लेख छ । यसबाट के हुन्छ भने फिल्मको कथा अनुसार सुहाना गुण्डागर्दीको भुमिकामा देखिने छिन् ।