सरकारले ‘पब्जी’ गेममाथि प्रतिबन्ध लगाएपछि अक्षय कुमारद्वारा ‘फौजी’ गेमको घोषणा

भारत सरकारले पब्जी गेमलाई प्रतिबन्ध लगाएपछि अहिले त्यहाँ फौजी गेम ल्याउने तयारी भइरहेको छ । सरकारले पब्जी लगायत एपहरुमाथि प्रतिबन्ध लगाएपछि पब्जीकै जस्तै ‘फौजी’ गेम अभिनेता अक्षय कुमारले ल्याउने तयारी गरेका छन् ।

अक्षय कुमारले ट्वीटर मार्फत ‘फौजी’ गेम चाँडै सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिएका छन् । भारतका स्थानीय मिडियाले ‘फौजी’ गेमलाई ‘पब्जी’ को भारतीय संस्करणको रुपमा लिएका छन् । फौजी गेम प्रयोगकर्ताहरुले यसबाट सैनिकहरुले दिने बलिदानबारेमा जानकारी दिने अक्षय कुमारको भनाई छ ।

यस गेमलाई इन्कोर गेम्सले निर्माण गरेको हो भने यसबाट उठेको २० प्रतिशत राजश्व भारतको वीर ट्रस्टकलाई दिने अक्षयले ट्वीटरमा मार्फत बताएका छन् । भारतमा पब्जी गेम बन्द भएपछि लाखौ युवाहरु सरकारको आलोचना गरिरहेका छन् । केहि दिन अगाडी भारतमा एक युवाले बुवाले पब्जी खेल्न नदिएको भन्दै आत्म हत्या गरेका थिए । भारतमा पब्जी खेल्नेको संख्या उल्लेखिय मात्रामा रहेको छ ।