अन्जली र दिक्पाल अभिनित दधीको ‘मेरो माया हेरिदेउ ’ (भिडियो )

गीतकार दधी अधिकारीको नयाँ गीत ‘मेरो माया हेरिदेउ एक फेरी’ सार्वजनिक भएको छ । गायक एवम संगीतकार शिशिर योगीको संगीत तथा शिशिर योगी र रजिना रिमालको स्वर रहेको गीतको भिडियोमा मोडेल अञ्जली अधिकारी तथा दिक्पाल कार्कीले अभिनय रहेको छ ।

साईपल क्रियसनको पहिलो निर्माण रहेको भिडियोमा राजन शाहीको कोरियोग्राफी , आवेश बज्राचार्यको सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन रहने छ । भिडियोको निर्देशन मोडल, टेलिभिजनकर्मी हुँदै निर्देशक बनेका प्रहिल कार्कीले गरेका हुन् । पछिल्लो समय उनी लोकप्रिय गायक, गायिका एबम संगीतकाहरुको स्वर ,संगीत रहेको गीतको भिडियो मेकिङमा ब्यस्त रहेका छन् ।

भिडियोलाई साईपल क्रियसनको युट्युबबाट रिलिज गरिएको हो । आगामी दिनमा पनि साईपल क्रियसन मार्फत राम्रा राम्रा गीतहरुको भिडियो निर्माण गरिने यसका सञ्चालक एबम गीतकार दधी अधिकारीले बताए

https://www.youtube.com/watch?v=RGmF8My6-JE