प्रियंकालाई फ्यानको प्रश्न : ‘लकडाउनमा आमा बन्नेबारे सोच्नुभएको छैन ?’

गत वर्षको फागुन दोस्रो साता अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले नयाँ घरमा छन् । उनीहरु लकडाउनको समयमा घरमा बसेर विभिन्न परिकार बनाएर दर्शकलाई खाने कुरा बनाउन सिकाइरहेकी छिन् । उनको हिजोको युट्युव लाइभमा भने उनले खाने कुराको बारेमा आफ्ना फ्यानसँग गफ गर्न दुवै जना आएका थिए ।

युट्युव मार्फत विभिन्न जानकारी दिदै आएकी अभिनेत्री प्रियंका कार्कीलाई बिहिबार अलिक फरक खाल्को प्रश्न आइपर्यो । युट्युब मार्फत घरका खानेकुरा लगायत पकाउन सिकाइरहेकी प्रियंकालाई यूट्युबमार्फत् एकजना प्रशंसकले सोधेको प्रश्न अलिक फरक थियो । विवाहपछिको नयाँघर शिर्षक राखेर आयुष्मान र प्रियंकाका भिडियो लाइभमा आएका थिए ।

त्यो भिडियो हेरिरहेका ति दर्शकले सोधेका छन् – ‘लकडाउनमा आमा बन्नेबारे सोच्नुभएको छैन ?’ उनको यो छोटो प्रश्नको प्रियंकाले पनि छोटै उत्तर दिएकी छन् । ति दर्शकको जवाफमा प्रियंकाले लेखेकी छन् – ‘अहिले नै बच्चाको बारेमा सोचेका छैनौं । जब सोच बनाउँछौं तब अवश्य भन्नेछौं ।’ दुवैले चलाएको यो लाइभ भिडियोमा प्रियंकाले मात्र जवाफ फर्काएकी छन् भने आयुष्मानले सहमति मात्र जनाए । प्रियंका र आयुष्मानले तीन वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा गरेका थिए ।