बलिउडका धनि कमेडियन कपिल शर्मा ,कति कमाउँछन् बार्षिक

बलिउडका कमेडियन कलाकार तथा ‘द कपिल शर्मा’का सञ्चालक हुन् कपिल शर्मा । शर्माले लामो समयदेखी हाँस्य कार्यक्रम ‘द कपिल शर्मा शो’ सञ्चालन गर्दै आइरहेका छन् । उनको कमेडी शोको सबैतिर चर्चा रहेकोले केहि नेपाली कलाकारले पनि उनको सिको सिकेका छन् । उनैको फ्लेवरमा कार्यक्रम चलाइरहेका छन् । टेलिभिजनको माध्यममार्फत दर्शकलाई मज्जाले हँसाउन सक्ने क्षमताका कपिल धेरैले रुचाएका कमेडियन पनि हुन् ।

पछिल्लो समय कुन कलाकारको कति सम्पती भन्ने कुरामा उनको पनि चर्चा भएको छ । अहिलेको रेस्युमा उनी बलिउडका हाँस्य कलाकारमा सबै भन्दा बढी कमाई गर्ने कमेडियनमा परेका छन् । भारतिय मिडियाका अनुसार उनको सम्पत्ति १७० करोड भन्दा बढि रहेको बताएका छन् । उनले चढ्ने तीन वटा ३ गाडीहरुको मुल्य नै ८ करोड रुपैयाँको छ । बलिउडका कलाकारमध्ये उनी महँगो कार चढेर हिड्ने गर्छन् ।

उनले चढ्ने गाडीको नाम मर्सिडिज बेंन्ज एस ३५० सीडीआई रहेको छ । उनको गाडीको मुल्य मात्रै यति छ भने अन्य कति होला । तपाईको मनमा उनको घरको मुल्य कति हो भन्ने पनि जान्न मन नलाग्ने कुरै भएन । भारतिय मिडियाका अनुसार उनको घरको मुल्य पनि २५ करोड भन्दा बढी मुल्यको छ । उनले बर्षमा ३० करोड कमाउने गरेका छन् ।