अरुणदेवको फिल्म ‘होरी’ , ‘टोरिनो फिल्म ल्याब’ मा छानियो

पछिल्ला समय नेपाली फिल्म अन्तराष्ट्रिय लेवलमा छानिन थालेका छन् । यस्तै अरुणदेव जोशीको पटकथा तथा निर्देशनमा बन्न लागेको फिल्म ’होरी’ फिल्म डेभलपमेन्ट ल्याब ’टोरिनो फिल्म ल्याब’ को लागि छनोट भएको छ ।

आगामी सेप्टेम्बर १४ बाट शुरु हुने टोरिनो फिल्म ल्याबको फिल्म छनोट कोरोना महामारीका कारण अनलाईन नै संचालन भएको छ । जसका लागि १२ वटा फिल्म छनोट भएको जानकारी प्राप्त भएको छ । यो ठाउँमा नेपाली फिल्मले ठाउँ पाउनुभनको नेपाली फिल्मलाई अन्तराष्ट्रिय प्लेटफर्ममा (फिल्म फेस्टिबल) लैजाने अवसर हो ।

नेपाली फिल्म ‘होरी’ डोटेली भाषामा बनेको शब्द हो । यसको नेपालीमा भन्नु पर्दा ‘होली’ भन्ने हुन्छ । नेपालको सुदुर पश्चिमको दार्चुलामा डोटेली भाषामा छायांकन हुनेछ निर्माण पक्षको भनाई छ । फिल्ममा माओवादी द्वन्द कालको कथा समावेश रहने यस फिल्मलाई सरोज शर्मा सापकोटाले निर्माण गर्नेछन् ।