सन्तोष सेनको ‘हुतुतु’ मा साम्राज्ञी

सन्तोन सेनको फिल्ममा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई अफर गरिएको छ । यस फिल्ममा प्रदीप खड्का ,पल शाह अभिनेताका रुपमा अनुबन्धित भइसकेका छन् । यस फिल्ममा अभिनेता अभिनेता मात्र छानिएको थियो भने अभिनेत्रीको खाँचो रहेको थियो । अव भने यस फिल्ममा अभिनेत्रीका रुपमा साम्राज्ञीलाई भित्राइएको छ ।

फिल्म ‘हुतुतु’ निर्माण टिमको साम्राज्ञीसँग एक चरण कुराकानी भइसकेको बताएको छ । उनले पनि फिल्मा अभिनय गर्ने संकेत गरिसकेकी छन् । उनले यस फिल्ममा अभिनय गर्नका लागि हरेक महिना एक अभिनेतासँग फिल्मका लागि वर्कसप गर्नुपर्ने हुन्छ । यसका लागि समय दिन्छिन् की दिन्नन् भन्ने कुरामा निर्माण टिम ससंकित देखिएको पनि छ ।

फिल्मलाई सन्तोष सेन र छेतन गुरुङले संयुक्त रुपमा निर्देशन भइसकेका छन् भने फिल्मका लागि हरिवंश आचार्य, राजाराम पौडेल, माओत्से गुरुङ, प्रदीप खड्का, पल शाह, नाजिर हुसेन, सलोन बस्नेत, गौरव पहारी लगायत कलाकार गत महिना नै छानिसकिएको छ । कमेडी च्याम्पियनका विजेता हिमेश पन्तले निर्देशक गुरुङलाई पटकथा लेखनमा सघाइरहेका छन् ।

अभिनेत्री साम्राज्ञीको फिल्म ‘रातो टीका निधारमा’ गत बर्षको दसैँ छेकमा प्रदर्शन भएको थियो । त्यस यता उनले गएको महिना एक नयाँ फिल्मका लागि कागजी सम्झौता गरेकी उनले डेढ वर्ष अगाडि हेमराज विसीको फिल्म पनि साइन गरेकी थिइन् । जुन फिल्म छायाँङ्कनको समय पर्खिरहेको छ ।