निषेधाज्ञामा सुटिङ गरेको भन्दै म्युजिक भिडियो कलाकार संघको आपत्ति

Mero Film

विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९) ले गर्दा अहिल सबै तिरको जनजिवन प्रभावित भएको छ । नेपालमा पनि कोरोना भाइरस तिव्र गतिमा बढिरहेको भन्दै सरकारले लकडाउन हुदै निषेधाज्ञा लगाएको छ । यस्तो अवस्थामा सबै आयव्यय तथा कलकारखाना ठप्प रहेका छन् भने मनोरञ्जनका क्षेत्र पनि प्रभावित भएको अवस्था छ

यो अवस्थामा केहि म्युजिक भिडियोका निर्देशक तथा कलाकारहरुले सुटिङलाई निरन्तरता दिइरहेका छन् । उनीहरुले धमाधम म्युजिक भिडियो सुटिङलाई निरन्तरता दिएको भन्दै म्युजिक भिडियो कलाकार संघ आपत्ती जनाएको छ । उनले एक प्रेस बिज्ञप्ती जारी गर्दै गम्भिर ध्यानाकर्षक भएको जनाएको छ । म्युजिक भिडियो कलाकार संघका महासचिव सुनिल लामिछाने र अध्यक्ष शंकर विसीले हस्ताक्षर गरेको विज्ञप्तीमा कसैलाई पनि सुटिङ नगर्न आग्रह गरिएको छ ।

कलाकारहरु बीच निषेधाज्ञाको पालना नगरेको भन्दै सामाजिक सञ्जालमा टिकाटिपणी भएकोमा पनि संघले आपत्ती जनाएको छ । पछिल्लो समय महाविपत्तिमा पनि केही कलाकारहरुले सुटिङ गरेपछि म्युजिक भिडियो कलाकार संघलाई विभिन्न सामाजिक सञ्जालमा टिकाटिप्प्णी आएपछि प्रेस बिज्ञप्ती जारी गर्नुपर्ने बाध्यता भएको विज्ञप्तीमा भनिएको छ ।

लकडाउन पुर्ण रुपमा खुकुलो नभएसम्म सुटिङ नगर्न र नगराउन यसै संघका अध्यक्ष शंकर बिसीले अनुरोध गरेका छन् । सबै कलाकार तथा निर्देशकहरुले यस सस्थाको अनुरोधलाई स्विकार गरेर सहयोग गर्ने कुरामा आफु ढुक्क रहेको अध्यक्ष बिसीले बताए ।

यता अर्का निर्देशक बिक्रम चौहानले आफुले आफ्नै स्टुडियोमा सुटिङ गरेका थिए । उनले आफुले स्टुडियोमा नै सुटिङ गरेको र यसबारेमा टिकाटिप्पणी गर्न आवश्यक नरहेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत पनि घरमा नै सुटिङ गरेको हुँदा कसैले टिप्पणी गर्दैमा केहि नहुने बताएका छन् । उनले आक्रोश पुर्ण तरिकाले लेखेका छन् –‘गीत खेल्न पाको छैनौ भने मसँग सम्पर्क गर साथी तर अरुले सुटिङ गरेको देखेर रिसले नाना थरी स्टाटस हालेर नबस मु….हरु ।’ जस्ता शब्द लेखेका छन् । उनले खान लाउन नपाएका कारण नै आफुले महामारीमा काम गर्नुपरेको बताएका छन् ।


Leave a Reply

Your email address will not be published.