सांगितिक कथा बस्तुमा आधारित वेव सिरिज ‘इन्टो द ड्रिम्स’को ट्रेलर रिलिज

फिल्मको छायाँङ्कन तथा फिल्म हल ठप्प भएपछि कलाकार तथा निर्देशकले नयाँ बाटो रोजेका छन् ।उनीहरुले वेब सिरिज बनाउने तिर लागेका छन् । उनीहरुले फिल्म हेर्ने दर्शकहरुका लागी बिकल्पमा वेव सिरिज निर्माण गरिरहेका छन् ।

यसै क्रममा डिजिटल प्रविधि युट्युवमा वेव सिरिज ‘इन्टो द ड्रिम्स’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर ओएसआर डिजिटलबाट सार्वजनिक भएको हो । हाले सार्वजनिक भएको वेब सिरिज ‘इन्टो द ड्रिम्स’ जेबिआर सनमले निर्देशन गरेका छन् । यसको स्क्रिप्ट र पटकथा उनैले लेखेका छन् ।
‘इन्टो द ड्रिम्स’ वेव सिरिज एक साङ्गीतक ब्याण्ड भित्रको कथामा घुमेको सार्वजनिक ट्रेलरमा देखाइएको छ । वेव सिरिजमा सञ्जय बि.क, आनन्द सिंह, अमोद भट्ट, किरण चन्द, चर्चित अभिनेता सरोज खनाल, राम बाबु रेग्मी, सरोज बखरेल, प्रवन भुषाल, मनोज भेट्वालको अभिनय रहेको छ । यस सिरिजमा नयाँ पुराना कलाकारले अभिनय गरेका छन् ।

कलाकार सुनिल बिक र सरोज बखरेल यसको लगानी कर्ता रहेका छन् । त्यस्तै रेशम दर्लामीको सिनेमाटोग्राफी, बि ब्रोज टिमको सम्पादन रहेको छ भने दिपेश सिंहको म्युजिक र राज गुरुङले गाएका छन् । यसलाई ११ सेप्टेम्बरमा ओएसआर डिजिटलबाट रिलिज गरिने छ । ट्रेलर हेर्नुहोस् ः