सार्वजनिक भयो ‘गोधुली साझैंमा ’

लोकदोहोरी जुना श्रीष , सिता केसी र गायक नेत्र भण्डारी र कृष्ण केसी आवाजमा रहेको ‘गोधुली साझैंमा’ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । मौलिक लोक लयमा आधारित गीतमा मायालु जोडीको प्रेमका भोगाईहरुलाई गीतमा समावेश गरिएको छ । मर्मस्पर्शी शब्द तथा लय सिर्जना गीत सुन्न सकिन्छ ।

आफ्नो प्रेमीको यादले दिनरात सताउने कुरा गीतमा गरिएको छ चित्र बहादुर आचार्यको शब्द तथा लय सिर्जना रहेको गीतमा कृष्ण केसीको एरेन्ज रहेको छ । करण चैसिरको छायाँँकन तथा निर्देशन , मनोज कार्कीको सम्पादन भिडियोमा रहेको छ ।