केन्द्र सरकारले दियो कंगनालाई कमाण्डोसहित ११ जवानको सुरक्षाकर्मी

बलिउड अभिनेत्री कंगना रनौतलाई महाराष्ट्र सरकारका मन्त्री र शिवसेनाका नेता कार्यकर्ताको धम्कीआएपछि उनको सुरक्षाका लागि केन्द्र सरकारले सुरक्षाकर्मी खटाएको छ । उनको सुरक्षाका लागि भन्दै केन्द्रीय गृह मन्त्रालयले ११ जना सुरक्षाकर्मी खटाएको हो । उनललाई गृहमन्त्रालयले ‘वाई’ श्रेणीको सुरक्षा दिने निर्णय गरेको हो ।

सुशान्तसिंह राजपुत मुद्दामा कंगनाले शिवसेनाको नेतृत्वमा रहेको महाराष्ट्र सरकारमाथि प्रश्न उठाएपछि विवादमा मुछिएकी हुन् । उनी र शिवसेना नेता तथा राज्य सभा सांसद सञ्जय राउतसँग त उनको जुहारी नै चलेको थियो। त्यस पश्चात राउतसहित शिवसेनाका नेताहरुले कंगनालाई मुम्बई नै नआउन धम्की दिएका थिए ।

उनीहरुको धम्कीलाई कंगनाले पनि हिम्मत भए रोकेर देखाउन चुनौतीकी थिइन् । जसका कारण उनीहरुबीचको झगडामा भइपरी आउने दुर्घटनालाई रोक्नका लागि केन्द्र सरकारले वाई श्रेणीको सुरक्षा भिआइपीलाई दिएको छ । जसमा दुई कमाण्डो र २ पीएसओ संलग्न हुने छन् ।

सुशान्त आत्महत्यापछि महाराष्ट्र सरकारको दबाबमा मुम्बई पुलिसले निष्पक्ष छानविन नगरेको आरोप कंगनाको छ । केहि दिन अगाडी एक अभिव्यत्ती दिदैँ अनुसन्धानमा लापरवाही र ड्रग्स कनेक्शनमा पनि मुम्बई पुलिस चुकेको बताएकी थिइन् । जसका कारण उनी .विरुद्ध महाराष्ट्र सरकार प्रतिरक्षामा उत्रिएको हो । केन्द्र सरकारबाट सुरक्षा पाएपछि कंगनाले ट्वीटरमार्फत गृहमन्त्री अमित शाहलाई धन्यवाद दिएकी छन्।