रत्नपार्क पुगेर सयौँको भोका पेट भर्दै अभिनेत्री बेनिषा

सरकारले देशभर लगाएको लकडाउनका कारण अहिले जनजिवन कष्टकर बन्दै गइरहेको छ । गत चैतबाट सुरु भएको लकडाउन र निषेधाज्ञाका कारण पाँच महिना लामो कष्टकर जीवनमा आमसर्वसाधारण बस्न बाध्य छन् ।

लकडाउनका कारण अहिले बेरोजगारको सिकार हुनुको साथै खान लाउन समस्यामा परेका छन् । यसबारेमा सरकारले चासो दिएको छैन ।

काठमाडौको रत्नपार्कमा अहिले सर्वसाधारणको विहान बेलुका घुइँचो लाग्ने गरेको छ । उनीहरु कुनै कामका लागि घुँइचो लागेका भने होइनन् । त्यहाँ विभिन्न संघ संस्थाहरुले रत्नपार्क क्षेत्रमा खाना बाँड्ने गरेका छन् । त्यही एकछाँक खानका लागि थुप्रै श्रमिकहरु विहान सबेरै  रत्नपार्क पुग्ने गरेका छन् ।

अभिनेत्री बेनिशा हमाल पनि सोमवार रत्नपार्क पुगेर श्रमिकलाई खाना खुवानउ पुगेकी थिइन् । उनलले रोयल कोल्याबोरेटिम्ससँगको सहकार्यमा श्रमिक तथा मजदुरलाई खाना खुवाउन रत्नपार्क पुगेकी हुन् । उनले सामाजिक सञ्जालमार्फत खाना खुवाइरहेको तस्विर सार्वजनिक भएपछि गरिव दुखीका लागि सहयोगमा जुटेको थाहा पाइएको हो ।

उनले आफ्नै आधिकारीक फेसबुकमार्फत भोली मंगरबार पनि रत्नपार्कमा खाना बाँड्न जाने बताएकी छन् । उनले सामाजिक सञ्जालमा लेख्छिन् – ‘बाँडेर खानेको पेट कहिले पनि खाली हुँदैन ।’ रोजगारी गुमेर बिहान बेलुका हातमुख जोर्न समस्या हुने १५ सय मजदूरलाई रोयल कोल्याबोरेटिम्सले दैनिक खाना खुवाउँदै आएको छ ।

यसरी खाना खुवाउदै हिड्ने गायक तथा समाज सेवी सुशिल अधिकारी पनि रहेका छन् ।उनी दैनिक जसो मजदुर तथा देखिलाई खाना खुवाउँदै आएका छन् । त्यस्तै अर्का अभिनेता पल शाहले केहि दिन अगाडी रत्नपार्क पुगेर भोका पेटहरुलाई आफैंले खाना बाँडेका थिए ।

बाडेर खानेको पेट कहिले पनि खालि हुदैन … रोयल कोल्याबरेटिब्स सङ्गको सहकार्यमा आझ बिहानको खाना खुबाउने क्रममा रत्नपार्कमा ।भोलि फेरि भेटौला ।।।सहयोग गर्नु हुने सम्पुर्ण सहयोगि मनहरुलाइ धेरै धेरै धन्यबाद ?

Gepostet von Benisha Hamal am Montag, 7. September 2020