पल र प्रदिपको व्यथा एउटै, तरिका भयो फरक


फिल्म हुतुतु । सन्तोष सेन निर्माता । प्रेमगीत ३ उनको अड्कियो । कोरोनाले गर्दा चल्न पाएन । निर्माण गर्ने मानिसले ३ करोड बजेटको फिल्म अड्काएर राख्दा के हुन्छ । ६ महिना भयो अड्कियो । रिलिज भनेको समयमा भयो भने अझै ६ महिना अड्किन्छ । सन्तोषले आँट गरे, हुतुतु बनाउँदैन् । कलाकारको जम्बो टोली भयो ।

सन्तोषले बनाउने फिल्म हुतुतुमा छन्, २ जना अभिनेता । पल शाह र प्रदिप खड्का । दुबैलाई कहलिएका अभिनेता मानिन्छ । प्रदिप र पल शाहको फिल्म रोकियो लकडाउनले । पलको म यस्तो गीत गाउँछु २ रोकिएको छ । प्रदिपको प्रेमगीत ३ रोकिएको छ ।

लकडाउनपछिको कलाकारको हालत भन्न नपर्ला । अब समस्या सुरु हुन्छ । जसोतसो अहिलेसम्म अडिएका थिए ।

पलले लकडाउनपछि कतिवटा भिडियो खेले भनेर गन्ने हो । गन्न थाल्यो भने सूची लामो भयो । के के गरे गरे । गर्नुपर्ने पनि गरे, नगर्नुपर्ने पनि गरे ।

पल पनि फिल्म रिलिज हुन नपाएर अड्किएका हुन् । प्रदिप पनि उही हुन् । पलले लकडाउनपछि मेरो फिल्म अड्किएको छ । निर्माताको २ करोड रुपैयाँ मैमाथि खनिएको छ भनेर त वुझेनन् । वुझ्न पर्ने हो कलाकारले । भिडियो नगर भन्न हुदैन । तर, संख्या र गुणस्तर पनि ध्यान दिनुनी ।

प्रदिपको पनि हालत उही हो । तर, उनले गुपचुप राखे । प्रदिपलाई दर्शकको प्रतिक्षा कती होला है । पललाई, खै भन्न सकिन्न ।

पलले गरेको राम्रो काम पनि छ । पलले प्राविधिकलाई ५ लाख सहयोग गरे । कालिकोट पुगेर बाढी पिडितलाई सहयोग गरे । प्रदिप यो कुरामा अघि आइदिएको भए हुन्थ्यो । २ हिरो एउटै फिल्म खेल्दैछन् । दुबैको फिल्म अड्किएको छ । तर, एउटा रिजर्भ, अर्को खुल्लम खुल्ला । कति खुल्ला भन्न नपर्ला ।