रियालाई मिडियाकर्मीले दुर्व्यवहार गरेको भन्दै बलिउडकर्मीको आक्रोश

Mero Film

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यापछि बलिउडमा उथलपुथल नै आएको छ । सुशान्तको मृत्युपछि कलाकार तथा निर्देशक निर्मातालाई प्रहरी बयान लिने काम गरिरहेको छ । रियाले सुशान्तको बारेमा आफ्नो बयान दिनका लागि आइतबार एनसीबीको अफिस पुगेकी थिइन् । उनी त्यहाँ पुग्नासाथ रियालाई मिडियाका क्यामेराले घेरेका थिए । प्रहरीको सुरक्षा घेरमा रहदै एनसीबीको अपिस पुगेकी रियालाई सामाजिक दुरी कायम नगर्दै अपमान गरेका थिए । मिडियाको भिड छिचोल्दै उनलाई प्रहरीले एनसीबीको अफिस भित्र पुर्याएको थियो ।

उनी सामान्य तरिकाले एनसीबीको अपिस पुगेकी थिइन । उनको मिडियाकर्मीसँग धक्कामुक्की हुदैँ त्यो भिड पार गरेकी थिइन् । जसको भिडियो सार्वजनिक भएपछि रियाको अपमान भएको भन्दै बलिउडका कलाकारले मिडिया प्रति आक्रोश पोखेका छन् ।

अभिनेत्री हुमा कुरेशीले रिया एक महिला भएको नाताले दुरी कायम नगरिएको भन्दै आक्रोश पोखेकी छन् । उले सामाजिक सञ्जाल ट्वीटरमा त्यो भिड देखेपछि लेखेकी छन् – ‘हामीमा के समस्या छ ? हामी यस्तो व्यवहार गर्न सक्दैनौं । पक्कै पनि वास्तविक कुरा बाहिर आउन आवश्यक छ । तर, रिया एक महिला भएको नाताले पनि उनलाई सामाजिक दुरीको अधिकार छ ।’
अर्का कलाकार परेश रावलले पनि मिडियाको विरोध गरेका छन् । उनले मिडियालाई भेडाको संज्ञा दिएका छन् । उनले ट्वीट गर्दै लेखेका छन् –‘मिडिया हुन् या भेडा ?’

केहि दिन देखि रियाको समर्थ गर्दै आइरहेकी अभिनेत्री तापसी पन्नुले एक मान्छेलाई आरोप लगाउनु कतिको जायज हो भन्ने प्रश्न गरेकी छन् । उनी लेख्छिन् –‘न्यायको नाममा मिडियाले एक व्यक्तिलाई दोषी सावित हुनु अगाडि नै उसको बाच्ने अधिकार बञ्चित गरिदिएका छन् । म इमान्दार भएर प्रार्थना गर्छु कि, कर्मले यी सबै मानिसहरुलाई पत्ता लगाएर उनीहरुसँग हिसाब लिनेछ । जो यती तल्लो स्तरमा गिरेका छन् ।’
अभिनेत्री दिया मिर्जाले पनि आक्रोश व्यक्त गर्दै मिडियालाई गिद्ध भनेकी छिन् । उनले भारतिय मिडियाप्रति आक्रोशित हुदै लेखेकी छन् –‘यो बिषयमा कानुनी रुपमा कदम उठाउन जरुरी छ । यो व्यवहार निन्दनिय छ । रियालाई अफिस जानका लागि बाटो र सामाजिक दुरीको अधिकारी किन दिइएन ? मिडियाले गिद्धको जस्तो व्यवहार किन गरिरहेको छ । कृपया, उनलाई बाटो दिइयोस् । उनी र उनको परिवारमाथिको हमला बन्द गरियोस् ।’
एकपछि अर्को कलाकारले मिडियाले कलाकारको दुव्र्यवहार गरेको आरोप लगाएका छन् । सामाजिक दुरी कायम नगर्दै एक महिला कलाकारमाथी यति धेरै मिडिया जाइलाग्नु ठिक नभएको बताएका छन् । रियाको पक्षमा तापसी पन्नु पछि विद्या वालनले समर्थन जनाउँदै आएका छन् ।


Leave a Reply

Your email address will not be published.